भारतीय नाकाबन्दीको विरुद्धमा चलचित्रकर्मी, सुरु भयो ‘राष्ट्रिय जागरण अभियान’



jagaran
ठुलोपर्दा डटकम, काठमाण्डौ।
भारतीय नाकाबन्दीबाट सिर्जित मानवीय संकट समाधानका लागि दबाब दिन चलचित्रकर्मीहरुले ‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’ शुरु गरेका छन् । चलचित्रकर्मीहरुले शनिवार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र वुझाउदै आफ्नो अभियानको सुरुवात गरेका छन् ।

चलचित्रकर्मीहरुको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री शर्माले दुई चार महिना पर्खन आग्रह गरे । तीन महिनापछि विद्युतिय गाडीहरु संचालन गर्ने र वर्ष दिनमा मेट्रो रेल लगायत लोडसेडिङ मुक्त देश बनाउने आश्वासन दिदै ओलीले भने, ‘यतिका समय त पर्खनुभयो, अव केहि समय पर्खनुस, सवै ठिक हुन्छ । नेपाल हरेक प्रकारले सुन्दर छ’, ओलीले भने, ‘पहिले पहिले हामी हिडेकै हौ, दाउरा वालेर पकाएकै हौ, त्यै भएर आत्ति हाल्नु पर्दैन ।’

उनले नाकावन्दीको विरोध भन्दा आत्म निर्भर हुनुपर्ने कुरामा वढी जोड दिए । कलाकार हरिहर शर्मालाई संयोजक बनाई चलचित्रकर्मीले ‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’ सुरु गरेका हुन् । अभियानले आगामी मंगलबार राजधानीको शान्ति बाटिकाबाट बृहत् र्‍याली निकाली शहर परिक्रममा गर्ने कार्यक्रम राखेको छ । अभियानका संयोजक शर्माले राष्ट्रिय विपत्तिको बेलामा एक भई र्‍यालीमा सहभागी हुन आह्वान गरे । अभियानले भारतीय दूतावास, आन्दोलनरत दल, संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu