ठुलोपर्दा डटकम, काठमाण्डौ।
सडक बालबालिकाको कथामा आधारित चलचित्र ‘चकलेट’ यूनिटले सीएनएन हिरो म्यागी डाउनेलाई सम्मान गर्ने भएको छ । चलचित्रको आख्यानसँग म्यागीको वास्तविक जीवन मिलेपछि चलचित्र यूनिटले उनको योगदानलाई कदर गर्ने भएको हो ।
मध्यपश्चिमाञ्चल विकास क्षेत्रका अनाथ तथा सडक बालबालिकालाई सुर्खेतमा आवाससहित शिक्षा प्रदान गर्दै आइरहेकी म्यागीलाई यो वर्षका १० जना प्रतिस्पर्धी मध्येबाट अनलाइन भोटिङको माध्ययमले विजेता घोषित गरेको थियो । सडक बालबालिकाको कथामा आधारित यो चलचित्रमा पूजना स्त्रि, आयुष्मान घिमिरे, नम्रता झा, सुमन गैरे लगायतका कलाकारको अभिनय छ ।
साथै, ‘चकलेट’को सम्पुर्ण व्यापार च्यारेटीका लागि खर्च गरिने भएको छ । चलचित्रकी निर्मात्री पूजना प्रधानले दिएको जानकारी अनुसार चलचित्रबाट उठेको रकमले अनाथ बालबालिकाका लागि काठमाडौंमा भवन र कक्षा १० सम्म ५० जना विद्यार्थीले पढ्न सक्ने स्कुल बनाइनेछ । चलचित्र चकलेटमा अर्जुन पोख्रेल, शिखर सन्तोस र रायन कार्कीको संगीत रहेको छ ।