ठुलोपर्दा डटकम, काठमाण्डौ।
२०६० सालदेखी भारतको दार्जिलिङ्बाट गायन यात्रा सुरुवात गरेका गायक दिनेश आँशुले २०६७ सालमा आफ्नो पहिलो गीत रेकर्ड गरेपछि उनी औपचारिक रुपमा नेपाली साँगीतिकक्षेत्रमा आबद्ध भए । त्यसपछि उनले आफ्नै शब्द, स्वर र संगितमा २०७० सालमा लोकगित संग्रह “यसपालिको दसै र तिहारमा” र “तिम्रो काले” नामक भिडियो एल्बम पनि बजारमा ल्याए ।
एकपछि अर्कौ गर्दै सफलताको स्वाद चाखेका दिनेशले केहि आधुनिक गित र गजलहरु पनि गाएका छन् । अहिले देशको अवस्थालाई मध्यनजर गर्दै हालै उनले “बचाउ है हाम्रो माटोलाई” बोलको देशभक्ती गीतको भिडियो सार्वजनिक गरेका छन् । दिनेश आँशुको शब्द स्वर र लयमा रहेको गितको संगित संयोजन राम कार्कीले गरेका छन् र शिवन पोखरेलको निर्देशन रहेको छ ।
भिडियोलाई दिपेश जिरेल “टेलोवा” ले छायांकन गरेका हुन् भने अधिनायकमान शेरचनले सम्पादन गरेका हुन् ।
गीत हेर्नुहोस्: