ठुलोपर्दा डटकम, काठमाण्डौ।
विश्वकै कान्छा निर्देशक सौगात विष्ट आजबाट ९ बर्षमा लागेका छन् । २००७ जनावरी ७ ताखिरमा जन्मिएका सौगात आजबाट ९ बर्षमा प्रवेश गरेका हुन् । ८ बर्षको उमेरमा चलचित्र ‘लब यू बाबा’ निर्देशन गरेर ‘गिनिज बुक अफ दी रेकर्ड’मा नाम लेखाएका सौगात एक सफल बालकलाकार समेत हुन् ।
‘लब यू बाबा’ निर्देशन गरेपछि सर्वाधिक चर्चामा रहेका सौगातका पिता गजित विष्ट पनि नेपाली चलचित्रक्षेत्रका एक सफल नायक हुन् भने उनका आमा सम्झना विष्टले चलचित्र लब यू बाबा निर्माण गरेकी थिइन् ।
सौगातकी दिदी संगम बिष्ट नेपाली चलचित्रकी बाल कलाकार हुन् । उनले चलचित्र ल यू बाबाबाट राष्ट्रिय चलचित्र पुरस्कार समेत पाइसकेकी छिन् । सौगातले निर्देशन गरेको यो चलचित्रमा उनका बाबु गजित बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट र निर्मल शर्मा लगायतले अभिनय गरेका थिए ।