नेपालका ‘एक्शन हिरो’



Aaryan-Adhikari-nepals-hero
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र प्राविधिक रुपमा जति बलियो बन्दै गईरहेपनि चलचित्रको शैलीमा विकास हुन नसकेको आरोप सँधै लाग्ने गरेको छ । आगामी शुक्रवार रिलिज हुने चलचित्र ‘के म तिम्रो होइन र’का नायक आर्यन अधिकारीले यो चलचित्रले शैली परिवर्तन गरेको बताउँछन् ।

पूर्ण एक्शनमा आउने यो चलचित्रबाटै उनले डेब्यू गरेका भएपनि उनको आकर्षक शरीरका कारण चर्चा चुलिएको छ । उनले आफु नेपालमा एक्शन हिरोको रुपमा जम्ने बिश्वास राखेका छन् । उनले भने,’ समय अनुसार मान्छे परिस्कृत हुँदै जानु पर्छ र त्यो म पनि हुन्छु । दर्शकहरुले समय अनुसार फरक स्वाद खोज्छन् त्यसलाई पूर्ती गर्न म पनि हरसम्भव प्रयास गर्नेछु’ ।

k-ma-timro

अबको बाटो के हो त ? भन्ने प्रश्नमा उनले थपे, ‘अहिलेको अवस्थामा एक्शन चलचित्र नै गर्ने सोच बनाएको छु । स्क्रिप्ट बलियो छ भने पक्कै पनि म त्यस्ता चलचित्र पनि खेल्छु’ । दर्शकले लामो समयपछि नेपालमा एक्शन हिरो पाउने आशामा रहेका छन् । यस प्रसंगमा आर्यनले आफुलाई निकै खुसी लागेको बताए ।

सुरेश अधिकारीले बनाएको यो चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । चलचित्र मरिस्का पोखरेलले आर्यनलाई अभिनयमा साथ दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu