अम्बर गुरुङ्को निधन भएको छैन, गलत हल्लाले परिवार दुखी



Ambar-g

ठूलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली राष्ट्रिय गानकला संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था स्थिर रहेको बताईएको छ । जिउँदै रहेको मानिसलाई मृत्यु भएको भनेर प्रचार गरिएको भन्दै गुरुङ पुत्र राजु गुरुङले दुःख व्यक्त गरेको अनलाईन खबरमा प्रकाशित समाचारमा जनाईएको छ ।

अस्पतालमै रहेका छोरा राजु गुरुङले उहाँको मृत्यु भयो भनेर केही पत्रिका र सोसियल मिडियामा झूठो प्रचार गरिएकोमा परिवारजनलाई दुख लागेको बताएका छन् ।

राजधानीस्थित ग्राण्डी अस्पतालमा केहि दिनअघि देखि उपचार गराइरहेका गुरुङको अन्न नलीमा समस्या, श्वासप्रश्वास समस्या, मधुमेह तथा उच्च रक्तचापलगायत स
मस्या देखिएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu