ठुलोपर्दा डटकम, काठमाण्डौ।
पूर्व प्रधानमन्त्री तथा साहित्यकार स्व. बिपी कोईरालाको प्रख्यात कृति ‘तीन घुम्ती’ माथी बनेको चलचित्रको ‘तीन घुम्ती’को यतिबेला निकै चर्चा छ । दर्शकलाई बहुप्रसिद्द कृतिमाथी चलचित्र बन्नु आँफमा खुशीको कुरा रहेको र पढिएको कुरालाई चलचित्रमा हेर्न पाउनुले अझै उत्साह दिएको छ ।
यसै चलचित्रका रमेश पात्र अर्थात नायक सुशान्त कार्कीले आफुले ‘तीन घुम्ती’मा अभिनय गर्न पाउनु गर्व गर्न लायक कुरा रहेको बताएका छन् । उनले भने, ‘मैले रमेशको पात्रमा अभिनय गरेको छु । तीन घुम्तीमा काम गर्नु निकै चुनौती र गर्वको कुरा हो । मेरो अभिनयमा कमिकमजोरी नहोस् भनेर निकै मेहनत गरेको छु’ ।
उनले कथामा पढ्दा जसरी रमेश पात्रले गहिरो अर्थ राख्दछ त्यसैगरी आफुले पनि अभिनय कोशिस गरेको बताए । चलचित्रका निर्देशक बाबुराम ढकालको यसअघि चर्चा मात्र सुनेका सुशान्तले सुनेभन्दा पनि बढि पाएको बताए । ‘भोलीमा दिनमा पनि बाबुराम ढकालसँग काम गर्न पाएँ भने मेरो अभिनयमा अझ निखार आउनेछ’ उनले भने ।
‘तीन घुम्ती’लाई बाबुराम ढकालले निर्देशन गरेका हुन् भने पटकथा सामिप्यराज तिमिल्सीनाले लेखेका छन् । असार १७ बाट रिलिज हुने यो चलचित्रमा ध्रुव दत्त, गरिमा पन्त, शुशान्त कार्कि लगायतका कलाकारको अभिनय रहेको छ ।
कर्मा प्रोडक्सनको व्यानरमा निर्माण गरिएको यस चलचित्रका गीतमा डा. कृष्णहरी बरालका शब्द एवं बसन्त सापकोटाको संगीत रहेको छ ।
भिडियो हेर्नुहोस्: