पाकिस्तानी सेन्सर बोर्डले १०० दृश्य काटेपछि मात्रै शाहिद-आलिया-करीना स्टारर ‘उड्ता पञ्जाब’ पाकिस्तानमा लगाउन मञ्जुरी दिएको छ । चलचित्रमा पाकिस्तान विरोधी सबै दृश्य काट्न आदेश दिएको छ ।
सेन्ट्रल बोर्ड अफ फिल्म सेंसर (CBFC)का अधिकारी हसनले यस कुराको पुष्टी गरेका छन् । उनका अनुसार चलचित्रमा रहेका गालिगलौज तथा पाकिस्तान विरोधी सबै सामग्री हटाउनु पर्नेछ ।
यो चलचित्रलाई भारतीय सेन्सर बोर्डबाट समेत झड्का मिलेको थियो । भारतमा ८९ दृश्य काट्न भनेको थियो । अदालतमा मुद्दा परेपछि १ दृश्य काटेर चलचित्र प्रदर्शनमा आएको थियो ।