‘चपली हाइट २’को ट्रेलर रिलीज, प्रेम-धोका-बदलाको समिश्रण (भिडियो)



Aayushman-joshi

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘चपली हाइट २’को ट्रेलर सार्वजनिक भएको छ । बिहिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर र गीत सार्वजनिक गरिएको हो ।

ट्रेलर YouTube मा पनि सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, धोका र बदला देख्न सकिन्छ । सस्पेन्स-थ्रिलर यो चलचित्रमा अधिकांश नयाँ कलाकार छन् । कलाकार नयाँ भएतापनि चलचित्रको ट्रेलर र गीतमा अत्यन्तै पाको काम गरेका छन् । उनिहरुको अभिनयमा कुनै खोट देखिएको छैन ।

चलचित्रमा आयुस्मान देशराज जोशी, मरिस्का पोखरेल, प्रतिमा राज्यलक्ष्मी राणा लगायतका कलाकारहरुको प्रमूख अभिनय छ । अर्जुन कुमारले निर्माण गरेको ‘चपली हाइट २’मा लेखन तथा निर्देशन दिपेन्द्र के खनालको रहेको छ । यो चलचित्र भाद्र २ गते रिलीज हुँदैछ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu