पैसाको पछि-पछि बिपिन, ‘जात्रा’ टिजर रिलीज (भिडियो)



bipin-karki-jatra-teaser-thuloparda-dot-com

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘जात्रा’को टिजर रिलीज भएको छ । चलचित्र ‘पशुपति प्रसाद’मा भष्मे डनको भूमिका निर्वाह गर्ने बिपिन कार्की टिजरमा प्रमूख छन् ।

टिजरमा ‘पशुपति प्रसाद’मा नै हनुमानजीको चरित्रबाट प्रख्यात रबिन्द्रसिंह बानिया समेत छन् । रबिन्द्रले नै ‘जात्रा’ बनाएका हुन् । टिजरमा पैसाको पछि लाग्ने युवाको रुपमा बिपिन देखिएका छन् । एक महिनामा नै काठमाण्डौमा घर बनाउने चुनौतीमा रहेको उनले पैसाले रुवाउने होइन हँसाउने बताएका छन् । टिजरको दृश्यमा पैसाले भरिएको बोरा अगाडी पर्दा बिपिन बेहोस भएका छन् ।

षट्कोण आर्टस् प्रा.लि.ले यो चलचित्रमा बिपिन कार्की, रबिन्द्रसिंह बानिया, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, प्रवीण खतिवडा, भोलाराज सापकोटा, कमलमणी नेपाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराई हुन् ।

काठमाण्डौको असन गल्लीमा पसल गर्ने तीनजना व्यक्तिको जीवनमा आउने समस्याहरुको वरपर चलचित्र घुम्ने बताईएको छ । ‘जात्रा’को छायांकन राजधानीको असन, इन्द्रचोक लगायतका स्थानमा गरिएको छ ।

चलचित्रका कार्यकारी निर्माता रबिन्द्रसिंह बानिया हुन् भने निर्माता सिंगे लामा र यादव पौडेल हुन् । चलचित्रलाई पुराना छायाँकार दिर्घ गुरुंगले छायांकन गरेका छन् । चलचित्रको रिलीज मिति कार्तिक १९ तोकिएको छ ।

टिजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu