ठुलोपर्दा डटकम, काठमाण्डौ।
कार्तिक २६ गतेदेखि प्रर्दशनमा आउन लागेको फिल्म ‘जात्रा’ले दिएको अफरमा नायिका बर्षा राउतसँग एक युवक डेट गएका छन् । महाबौद्ध काठमाण्डौं बस्दै आएका प्रदिप पौडेलले बर्षासँग डेटिङ् जाने अवसर पाएका हुन् ।
‘हजार समाऔँ, लाख कमाऔँ’ अफर अन्तर्गत गत हप्ताको विजेता बनेका थिए प्रदिप । बर्षाले अन्य साथीहरुलाई बाहिर पठाएर आफुले रमाईलो कुराकानी गरेको बताइन् ।
‘मलाई विश्वास लागिरहेको थिएन । आफ्ना मान्छेहरुलाई मात्र यस्ता अफरहरु दिन्छ भन्ने लागेको थियो’ डेटपछि प्रदिपले भने ।