यसरी बेपत्ता नागरिक बने निखिल (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ। बैशाख १ गते रिलीज हुने नेपाली चलचित्र ‘राधे’को दोश्रो ट्रेलर रिलीज भएको छ । ट्रेलरमा नायक निखिल उप्रेतीलाई बेपत्ता नागरिकको रुपमा प्रस्तुत गरिएको छ ।

अघिल्लो ट्रेलरमा निखिललाई कमाण्डोको रुपमा देखाईएको थियो । दोश्रो ट्रेलरमा निखिल घर छोडेर हिडेपछि कमाण्डो बनेको प्रसंग बुझ्न सकिन्छ । गाउँका सोझा निखिललाई सबैले तल्लो दर्जामा राखेपछि उनि बेपत्ता भएको ट्रेलरले देखाएको छ ।

जगदिश्वर थापाको लेखन तथा निर्देशन तथा सुशिल पोख्रेलको निर्माणमा तयार ‘राधे’मा निखिल उप्रेती, प्रियांका कार्की, अशिष्मा नकर्मी, शिशिर भण्डारी, प्रमोद अग्रहरी लगायतका कलाकारको समेत मुख्य भूमिका छ ।

कृष्ण श्रेष्ठको छायांकन रहेको ‘राधे’का सम्पादक गौतम राज खड्का हुन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu