बलीउडमा हरेक बर्ष ईदको मौकामा सलमान खानको ठुलो फिल्म रिलीज हुन्छन् । यो बर्ष पनि यो शिलशिला दोहोरिँदैछ ।
यसपटक सलमानको ‘ट्यूबलाइट’ आउनेछ । फिल्म रिलीज अगावै यो फिल्मको रेकर्ड बनिसकेको छ । यो फिल्मको पहिलो पोस्टर बुधवार रिलीज गरिएको थियो भने बिहिवार दोश्रो पोस्टर पनि रिलीज भएको छ ।
निर्देशक कबीर खानले पोस्टर ट्वीट गर्दै लेखेका छन् ‘जागो, सलमान का सलाम आया है’ । यो पोस्टरमा सलमानको लुक केहि फन्नी तथा क्यूट रहेको छ ।
सलमानले सलाम गरिरहेका छन् भने उनको घाँटीमा बुट रहेका छन् । फिल्मको पहिलो पोस्टरमा सलमानको चेहरा देखिएको छैन । आजकल बलीउडमा सोशल मीडियामा पोस्टर सार्वजनिक गर्ने ट्रेन्ड चलेको छ । यहि ट्रेन्ड पछ्याउँदै निर्देशक खानले पनि ट्वीटरबाट पोस्टर सार्वजनिक गरेका हुन् ।
कबीर खान निर्देशित फिल्म ‘ट्यूबलाइट’ यसकारण खास छ किनकी यो फिल्ममा शाहरुख खानले केमियो गरेका छन् । कटरीनाको बर्थडे पार्टीमा सलमान र शाहरुख बीच मन-मुटाव भएको थियो, जसको केहि बर्षमा फेरी उनिहरु साथी बनेका छन् ।
‘ट्यूबलाइट’को हीरोइन एक चिनिया युवति हुन्, जसको नाम जूजू हो । उनले केहि इन्टरनेशनल प्रोजेक्टहरुमा समेत काम गरेकी छिन् । ‘ट्यूबलाइट’को कहानी भारत-चीन युद्धमा आधारित रहेको बताईएको छ ।
निर्देशक कबीर खानको साथ सलमान खानको यो तेश्रो फिल्म हो । यसअघि ‘एक था टाइगर’ र ‘बजरंगी भाईजान’ जस्ता रेकर्ड ब्रेकर फिल्ममा यि दुईको टिमअप थियो । ‘ट्यूबलाइट’२३ जून २०१७ मा रिलीज हुनेछ ।