काठमाण्डौ। नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर ‘म यस्तो गीत गाउँछु’ को गीत सार्वजनिक भएको छ । आईतवार राजधानीमा बिशेष कार्यक्रम गर्दै ‘भन्छु आज’ बोलको प्रेमगीत सार्वजनिक गरिएको हो ।
भिडियोमा नायिका पूजा शर्मा र पल शाहको केमेष्ट्री लोभलाग्दो छ । लोकेशन, सम्पादन, कोरियोग्राफी र छायांकनले उत्कृष्ट बनेको भिडियोबाटै फिल्मको मेकिङ स्पष्ट झल्किन्छ । सुदर्शन थापाको शब्द रहेको गीतमा अर्जुन पोख्रेलको संगीत छ । सुगम पोख्रेल र अन्जु पन्तको वजनदार आवाज छ ।
पल र पूजालाई गीतको भिडियोमा कोरियोग्राफर कविराज गहतराजले नचाएका छन् ।
पूजा र पलका अलवा फिल्म ‘म यस्तो गीत गाउँछु’ मा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सुदर्शन थापा र पुजा शर्माको लगानीमा बनेको यो फिल्मलाई सुदर्शन आफैले निर्देशन गरेका हुन् भने सम्पादक प्रितम पाण्डे हुन् । यो फिल्म असार ३० गतेबाट अलनेपाल रिलिज हुँदैछ ।
गीत हेर्नुहोस्: