काठमाण्डौ। वान सटमा कसरी पूरा फिल्म खिचियो होला ? हो, वान सटमा खिचिएको फिल्म ‘जालो’ खिच्दाको दुःख, कष्ट र खुसी समेटिएको खिच्दाको डकुमेन्ट्री सार्वजनिक भएको छ । एक घरमा दर्जन बढी कलाकार तथा प्राविधिक माझ खिचिएको यो फिल्म जेठ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
अराज केवश गिरीको लेखन तथा निर्देशन रहेको फिल्म ‘जालो’ मा नीर शाहदेखि निराजन प्रधानसम्म रहेका छन् । हरी घले लामाको छायांकन रहेको फिल्ममा अनुपविक्रम शाही, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, मुना गौचन, लक्ष्मी गिरी लगायत कलाकारहरुको अभिनय रहेको । अराज र मोहित मुनालको संयुक्त लगानीमा ‘जालो रिटर्न्स’ समेत निर्माण भैसकेको छ ।
यसका कलाकार तथा प्राविधिक के भन्छन् त ? हेर्नुहोस् डकुमेन्ट्री भिडियो: