काठमाण्डौ। दयाहाङ् राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘लाल्टिन’ यही जेष्ठ २६ गतेबाट अलनेपाल रिलिज हुँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा अहिले निर्माणपक्ष फिल्मको प्रचार-प्रसारमा खुबै दौडिरहेको छ ।
यसअघि सार्वजनिक भैसकेका गीतसंगीत र ट्रेलरबाटै प्रतिक्षित बनेको ‘लाल्टिन’ लाई अहिले नेपालका विभिन्न चलचित्रकर्मीहरुको साथ मिलेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईदेखि कलाकार तथा गायक यस कुमार, निर्देशक द्धय शोभित बस्नेत र सविर श्रेष्ठ, मिलन चाम्स, कलाकार निर्मल शर्मासम्मले आफू लाल्टिन हेर्न उत्सुक रहेको र दर्शकलाई पनि ‘लाल्टिन’ हेर्न आग्रह गरेका छन् ।
देव कुमार श्रेष्ठको निर्देशन रहेको फिल्ममा दयाहाङ् र प्रियंकाका अलावा निर्जन थापा, राज कटुवाल, केकी अधिकारी, जनक बर्तौला, अर्जुन जंग शाही, ए. गुरुङ लगायतको मुख्य भूमिका छ । भानु प्रतापको प्रस्तुतीमा तयार भएको यो फिल्ममा अनिम श्रेष्ठ र राज केसीको लगानी छ ।
भिडियो: