देशराज र श्रृष्टीले एकसाथ काटे सैलुनको रिबन



काठमाण्डौ। नायक आयुष्मान देशराज जोशी र नायिका सृष्टि श्रेष्ठ शुक्रवार दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा सञ्चालनमा आएको हाइजेनिक, कस्मेटिक सामाग्रीहरुको प्रयोग गरिने ‘दि भान युनिसेक्स सैलुन’ को समुदघाटन कार्यक्रममा देखिए ।

सैलुन उद्घाटन कार्यक्रममा बोल्दै नायक आयुष्मान देशराज जोशीले दि भान जस्तो सैलुन हुँदा आफूजस्तो ग्ल्यामर क्षेत्रमा कार्यरतले मात्र होइन सबैले आफूलाई राम्रो देखाउन सक्ने बताए । त्यस्तै, मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठले दि भान युनिसेक्स सैलुनले धेरैको मनजित्न सक्ने भन्दै सफलताका लागि शुभकामना दिइन् ।

हालैमा आयुष्मानले फिल्म ‘कथा काठमाण्डू’को छायांकन सकाएका छन् भने नायिका सृष्टिले ‘गाजलु’ पछि ‘रोमियो एन्ड मुना’ को छायांकन सकाएर चाँडै ‘लाउरे’ को सुटमा व्यस्त हुँदैछिन् ।

उक्त सैलुनको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नायक आयुष्मान देशराज जोशी र मिस नेपाल २०१२ एवं नायिका सृष्टि श्रेष्ठले संयुक्त रुपमा रिवन काट्दै उद्घाटना गरेका थिए ।

सञ्चालक रमेश पराजुलीका अनुसार, दि भान युनिसेक्स सैलुनमा दक्ष एवं अनुभवी व्युटिसियन तथा हेयर डिजाइनरहरुबाट मेनिक्योर, पेडिक्योर, वाक्सिङ, आइलेस एक्टेन्सन, रिफ्लेक्सोलोजी, फेसियल, मसाज, नेलसर्भिस तथा हेयर सर्भिसहरु उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu