काठमाण्डौ। एउटै घर भित्र सम्पूर्ण छायांकन सकाइएको चलचित्र ‘मन्दिरा’को कथावस्तुमा नयाँ खुलासा भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका चलचित्रका निर्देशक दीपेश सापकोटाले भने–‘यो काठमाण्डौको परिवेशमा घुमेको कथा हो । श्रीमान्–श्रीमतिको झगडापछि घरमा तेश्रो व्यक्तिको प्रवेश कसरी हुन्छ र त्यसले समस्या निम्त्याउँछ भन्ने कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।’
यो चलचित्रमा नरेन खड्का, जेवीडीसी, प्रवण भुषाल, लक्ष्मी बस्नेत, राजन सुवेदी, संझना श्रीपाली, राजन ढुंगानाको साथमा नव–कलाकारद्धय विनि पोखरेली र विनिता ओलीको मुख्य भूमिका छ । भट्ट एन्ड सन्सको ब्यानरमा निर्माण भएको यो चलचित्रको प्रस्तुतकर्ता हरि भट्ट हुन् ।
असार २३ गतेबाट रिलिज हुने चलचित्रमा सुसन प्रजापतिको छायांकन, अर्जुन बीसीको नृत्य निर्देशन, दयाराम पाण्डेको गीत, देव कोइमी राइको संगीत, अजित लामिछानेको पटकथा, उज्वल ढकालको सम्पादन छ । करुन अर्याल र उज्वल अर्याल निर्माता रहेको चलचित्रका सह–निर्माता सन्तोष सेढाई हुन् । कार्यक्रममा चलचित्रको नयाँ गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।
गीत हेर्नुहोस्: