‘म यस्तो गीत गाउँछु’को नयाँ गीत रिलिज (भिडियो)



काठमाण्डौ। प्रतिक्षित नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु’को नयाँ गीत रिलिज भएको छ । अर्जुन पोख्रेलको आवाज र संगीत रहेको ‘किन आजकाल’ बोलको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ।

गीतमा पूजा शर्मा र पल शाह देखिएका छन् । ट्राभल गीतको रुपमा यसको भिडियो बनाईएको छ ।

असार ३० गतेबाट अलनेपाल रिलिज यो चलचित्रमा पूजा र पलका अलवा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ ।

निर्देशक सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा पटकथा लेखेका हुन् । यो फिल्मलाई सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu