काठमाण्डौ। श्रावण १३ गते रिलीज हुने चलचित्र ‘प्रेमगीत २’मा समावेश ‘कहानी यो प्रेमगीतको…’ गीतको लागी प्राप्त आठसय कभर गीत भिडियो मध्ये २ सय ५० लाई उत्कृष्ट छान्दै प्रतिष्पर्धामा उतारेको छ । यी सबै भिडियो विहिबार भिडियो युट्युवमा रिलिज भएका छन् ।
भदौ दोस्रो साता यी भिडियो मध्येबाट उत्कृष्ट १५ हुँदै सर्वोत्कृष्ट दुई घोषित हुनेछन् । सर्वोत्कृष्ट भिडियोले जनही एक-एक लाख नगद र ब्यानरको आउँदो फिल्ममा पार्श्र्वगायन मौका पाउनेछन् । यूट्युबमा प्राप्त हुने भ्यूजको आधारमा उत्कृष्ट पन्ध्र घोषित गरिनेछ । यीमध्ये पाँचजना प्रतिभालाई वाइल्ड कार्ड प्रणालीमार्फत सीधै उक्त राउन्डका लागि समावेश गरिने भएको छ ।
प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेन, कैलाश कट्वाल, राजाराम पौड्याल लगायतको मुख्य भूमिका रहेको सिनेमा नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको छ ।