पत्रकार धम्क्याउने सुस्मिताले मागिन् माफी, आत्मआलोचना गर्दै अब यसो नगर्ने प्रतिबद्दता



काठमाण्डौ। रंग पत्रकार उत्सव रसाइलीसँग जातियता, लैंगिकता माथीको प्रश्न तथा फोनमा धम्की दिएपछि विवादमा परेकी नायिका तथा निर्मात्री सुस्मिता केसीले बिहीवार महानगरीय प्रहरी परिसर, टेकुमा आत्मआलोचना गरेकी छिन् ।

उनले लिखित रुपमा पत्रकार रसाइलीसँग माफी मागेकी हुन् । आगामी दिनमा पत्रकारलाई ज्यान मार्ने धम्की नदिने, जातीय, लैंगिक हिंसा हुनेगरि फेसबुकमा स्टाटस वा म्यासेज नपठाउने लगायतका कुराहरु उनको लिखित माफी पत्रमा उल्लेख छ ।

केहीदिन अगाडि सुस्मिताले पत्रकार रसाइलीलाई फोनमार्फत ‘बाउको बिहे देखाउने’ भन्दै धम्की दिएकी थिइन् । महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार उत्सव रसाइलीले जातीय, लैंगिक हिंसा र कुटपिट गर्ने धम्की दिएकी सुस्मिता विरुद्द निवेदन दिएका थिए । यस विषयमा प्रहरी परिसर टेकुले सोधपुछका लागि सुस्मितालाई बोलाएको थियो ।

केही दिन अगाडि उत्सवलाई सामाजिक सञ्जाल फेसबुकमा धम्कीपूर्ण भाषा प्रयोग गर्दै सुस्मिताले जातीय र लैंगिक हिंसा हुनेगरी स्टाटस पोष्ट गरेकी थिइन् । उत्सवलाई सुस्मिताले फेसबुकको प्राइभेट म्यासेज बक्समा ‘रसाइली कुन जातको रे ?’ भन्दै जातीयताको धज्जी उडाएकी थिइन् भने एक स्टाटस लेख्दै ‘उत्सव बहिनी उप्स सरी भाई’ भन्दै लैंगिक हिंसा हुनेगरी स्टाटस पोस्ट गरेकी थिइन् ।

सुस्मिताको म्यासेज र स्टाटसको प्रतिउत्तर दिँदै पत्रकार रसाइलीले फेसबुकमा एक स्टाटस पोष्ट गरेपछि उनले फोनमा धम्की दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu