काठमाण्डौ। नेपाली चलचित्र ‘ग्याङस्टार ब्लुज’ नेपाल रिलीज अघि नै अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । नेपालमा भाद्र २ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र अष्ट्रलियाको मुख्य ६ शहरमा प्रदर्शन हुन लागेको बताईएको छ ।
निर्माता सरोज न्यौपानेका अनुसार हिमा अस र मुग्लानको मूख्य प्रायोजनमा ड्रिम हाईट र रकडेल ब्वाईजले अष्ट्रेलियाका प्रमुख शहरहरुमा फिल्म ‘ग्याङस्टार ब्लुज’ प्रदर्शन गर्न लागेको हो । प्रिमियर अष्ट्रेलयाको सिड्नीमा अगष्ट १३ र १४ मा हुनेछ । बाँकी शहरमा भने नेपालसँगै प्रदर्शन हुने बताईएको छ ।
यतिबेला चलचित्र यूनिट प्रचार प्रसारको लागी मोफसलमा छ । ‘ग्याङस्टार ब्लुज’मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका चलचित्रमा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् । हेमराज बीसीले ‘ग्याङस्टार ब्लुज’ निर्देशन गरेका हुन् ।