चलचित्र निर्माता संघको ६ महिने उपलब्धी कति ?



काठमाण्डौ। चलचित्र निर्माता संघको कार्य समितिले आफ्नो ६ महिने कार्यपत्र प्रस्तुत गरेको छ ।

नेपाली फिल्मको सेन्सर सजिलो बनाउने, नेपाली फिल्मको समस्याहरु र त्यसका समाधानको बारेमा राष्ट्रपति समक्ष जानकारी, फिल्मको सेयर बााडफााड, बजेट सम्बन्धी राय सुझाव, विदेशमा नेपाली फिल्मको नियमित प्रदर्शन र महोत्सव तथा नेपाली फिल्म क्षेत्रलाई उद्योगको रुपमा स्थापित गराउने जस्ता पक्षमा निर्माता संघले आवाज उठाएको अध्यक्ष अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै जानकारी दिए ।

महासचिव रोज राणाले फुटेको नयाँ निर्माता संघले कानुनी झमेला दिंदा निर्माता संघलाई काम गर्न समस्या आइ परेको बताए । ‘अब कानुनी रुपमा पनि हाम्रो जित भएको छ । अब हामी काम गर्छौ’ महासचिव राणाले बताए ।

यस्तै, नेपाल चलचित्र निर्माता संघले उद्योग वाणिज्य संघको नव निर्वाचित कार्य समितिलाई सम्मान गरेको छ । आकाश अधिकारी नेतृत्वको निर्माता संघको कार्य समितिले भवानी राणा नेतृत्वको वाणिज्य संघलाई बुधबार वाणिज्य संघकै कार्यक्रम हल टेकुमा सम्मान गरेको हो । निर्माता संघका अध्यक्ष अधिकारी उद्योग वाणिज्य संघका निर्वाचित सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu