झोले बन्दा यस्ता देखिए दयाहाङ्ग, हेर्नुहोस् पोस्टर



काठमाण्डौ। रामबाबु गुरुङ निर्देशित चलचित्र ‘मिस्टर झोले’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा कलाकारहरु दयाहाङ राई, दीया पुन, वर्षा राउत, वृद्धि तामाङ र प्रविन खतिवडालाई देख्न सकिन्छ ।

यो चलचित्रलाई टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुमा निर्माण गरेको हो । चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय छ ।

यसअघि निर्देशक गुरुङ्गले ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ जस्ता चलचित्रहरु निर्देशन गरेका थिए । ‘मिस्टर झोले’ पुष २८ गते प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu