काठमाण्डौ। नेपाली चलचित्रकी नायिका सुष्मा कार्कीले लण्डनमा बलीउड सुपरस्टार सलमान खानलाई भेटेकी छिन् । कलाकारको हौसियतले भन्दा पनि उनले फ्यान रुपमा सलमानसँग भेट गरेको बताएकी छन् ।
लन्डनको एक सडक छेउ सलमानसँग उनले दुई फोटो लिएकी छिन् । उनले आफ्नो फेसबुकमा उक्त फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘माई लभ’ ।
चलचित्र “लुट”को आईटम गीत “उध्रेको चोली” बाट चर्चित भएकी नायिका सुष्मा कार्कीले बोल्ड र सेक्सी अभिनेत्रीको छवि बनाएकी छिन् ।