‘ऐश्वर्य’ले नेपाली चलचित्रको स्तर बढेको महशुस गराउने बिश्वास



पोखरा। कार्तिक ९ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ऐश्वर्य’ले मोफसल टुरमा रहेको छ । टुरको सुरुवात पोखराबाट भएको छ । गीत र ट्रेलर दिएको हाईपलाई बढाउनुका साथै मोफसलका सञ्चारकर्मीसँग प्रत्यक्ष साक्षात्कार गर्ने उदेश्यका साथ टुरमा आएको निर्माण पक्षको भनाइ छ ।

आइतबार बिहान पोखरामा सम्पन्न पत्रकार सम्मेलनमा अभिनेता तथा निर्माता रमेश उप्रेती, अभिनेता प्रशान्त ताम्राकार, निर्माता निर्मल शर्मासँगै अभिनेत्री दीपिका प्रसाईंको उपस्थिति रहेको थियो । पोखराको पत्रकार सम्मेलनमा बोल्दै नायक उप्रेतीले पोखरा नेपाली चलचित्रलाई माया गर्नेको शहर मध्येको एक रहेको बताए । विगत सम्झँदै रमेशले भने, ‘मैले डेब्यु चलचित्रको शुटिङमै यहाँ आउने अवसर पाएको थिए भने यतिबेला डेब्यु निर्माता बन्दा आउने अवसर पाएको छु । नेपाली चलचित्रको रोजाईको सिटी पनि हो पोखरा । यहाँको कलेक्सनको चासो हामीलाई पनि हुने गर्छ । त्यसैले गर्दा पनि हामी चलचित्रकर्मीको मनमा पोखरा छ’ ।

‘ऐश्वर्य’को बारेमा बोल्दै उप्रेतीले नेपाली चलचित्रमा एउटा स्तरीय फिल्म बनाउने कोसिस गरेको बताए । ‘मलाइ आश छ कलाकारिताबाट संगालेको अनुभवलाई यसमा प्रयोग गरेको छ । मलाइ कलाकार भएकोले नै दर्शकको तालि र गालि थाहा छ, त्यसैले गर्दा पनि म ढुक्क छु दर्शकलाई मा पर्ने फिल्म बनाएको छु’, उप्रेतीले भने ।

यसै चलचित्रबाट चलचित्रमा डेब्यू गरेकी नायिका दीपिका प्रसाईंले आफुले पहिलो चलचित्र रिलीज नहुँदै पाएको साथ र माया पाएको बताईन् । ‘मैले जुन माया र साथ् पाएकी छु र गीतका साथै ट्रेलरबाट जुन विश्वास छ त्यसैलाई फिल्मले बढाउने छ । फिल्म अनुभव नयाँ नै हो तर पनि आफुले सक्दो काम गरे जस्तो लाग्छ । म कहाँ पुग्छु भन्ने विश्लेषण त फिल्म हेरेपछि तपाईले गरि नै हाल्नु हुन्छ तर दर्शकले नोटिस हुने किसिमको काम मैले गरेकी छुन । फिल्ममा म सुपर मोडलको भूमिकामा छु’, दीपिकाले बताईन् ।

यो चलचित्रको ट्रेलर रिलीज पछि ‘ह्याण्डसम भिलियन’को उपमा पाएका अभिनेता प्रशान्त ताम्राकारले २२ बर्ष सम्मको चलचित्र क्षेत्रमा गरेको कामको मूल्यांकन अहिले आएर भएको बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘फिल्ममा म नेगेटिभ क्यारेक्टरमा छु तर मेरो नजरमा म ठिक छु, त्यसैले त्यसलाई भिलेन भन्दा पनि एउटा मिसनमा हिडेको पात्र भन्न सकिन्छ । मेरो टाटा बाईबाई, मुखौटा र सम्बोधन पछी आएको यस फिल्मले दर्शकको मन जित्छु भन्ने आश छ । मलाइ लाग्छ भिलेन जति बलियो हुन्छ, हिरो त्यति नै बालबान हुन्छ’ ।

यसै चलचित्रका निर्माता मध्येका एक निर्मल शर्माले आफनो अहिले सम्मकै उत्कृष्ट चलचित्र ‘ऐश्वर्य’ भएको बताए । ‘फिल्मको ब्याबसायिक सफलता आफ्नो ठाउमा छ तर, दर्शकले चलचित्र हेरेपछि नेपाली चलचित्रको स्तर बढ्यो भन्ने महसुश गर्नु हुन्छ’, शर्माले बताए ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी अधिकारी, अर्जुन श्रेष्ठ, केशव भट्टराई, अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ । संगीतकार अर्जुन पोखरेलको संगीत तथा शब्द रहेको ‘तिमी रोएको पल’ गीतले पछिल्लो समय फिल्मलाई चर्चामा ल्याएको छ । यस गीतमा स्वर सुगम पोखरेल र अन्जु पन्तको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu