‘ह्याप्पी न्यु ईयर’को पहिलो गीत रिलिज (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘ह्याप्पी न्यु ईयर’को पहिलो गीत रिलिज भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै शिर्ष गीत सार्वजनिक गरिएको हो ।

पुष १४ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको गीतको भिडियोमा नायक कुशल थापा र सन्ध्या केसी फिचरिङ छन् । विनोद ढकालको शब्द तथा संगीतमा तयार भएको गीतमा नवराज बस्नेतले स्वर सुन्न सकिन्छ । देवकुमार श्रेष्ठ निर्देशित यो चलचित्रको अधिकांश छायांकन अष्ट्रेलियामा गरिएको हो ।

यो चलचित्र नायक कुशलकी श्रीमति रती थापाले निर्माण गरेकी हुन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायक थापाले ‘ह्याप्पी न्यु ईयर’लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताए । यस्तै, नायिका सन्ध्या केसीले ‘ह्याप्पी न्यू ईयर’को कथावस्तु उत्कृष्ट रहेको बताइन् ।

यो चलचित्रमा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । फिल्ममा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu