‘फुर्के’को फर्ष्टलुक सार्वजनिक



काठमाण्डौ। भद्र भुजेल निर्देशित चलचित्र ‘फुर्के’को फर्ष्टलुक सार्वजनिक भएको छ । चलचित्रका प्रस्तुतकर्ता एम.बि राउतले सामाजिक संजाल मार्फत फष्टलुक सार्वजनिक गरेका हुन् ।

फष्टलुकमा चलचित्रका तीन कलाकार देखिएका छन् । ति मध्य दुईले हातमा कुखुराको भाले लिएका छन् । फष्टलुक अनुसार चलचित्रमा कमेडी शैलीको कथा रहेको अुनमान लगाउँन सकिन्छ । चलचित्रको पोष्टर कमल श्रेष्ठले तयार पारेका हुन् ।

दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतको अभिनय रहेको छ । देबेन्द्र खड्का र मानबहादुर राउत निर्माता रहेको चलचित्रको सह–निर्माता कल्पना मरहठ्ठा शाही, प्रकाश बस्नेत र आषिस रहेका छन् । चलचित्रका कार्यकारी निर्माता बखत बिष्ट हुन् ।

नबिन पन्तको लेखन, बिष्णु बरालको छायाँकन, श्रृजन बरालको नृत्य, रोशन बुधथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन रहेका चलचित्र छ । सुनिल मानन्धरले बितरण गर्ने यो चलचित्र १२ माघबाट देशभर प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu