डिसेम्बर २७ अर्थात्, आज बलिउडका दबंगस्टार सलमान खानको जन्मदिन । उनी आजबाट ५२ बर्षमा लागेका छन् । सलमानको जन्म इन्दौरको कल्याणमल नर्सिङ २७ डिसेम्बर १९६५ मा बिहान १० बजेर ४५ मिनेटमा भएको थियो ।
शीला चरक र सलिम खानका जेष्ठ सुपुत्र सलमान खान बलीउडका बिकाउ नायक हुन् । उनका बाबुतिरका पुर्खा पठानी मुलका अफ्गानिस्तानबाट झरेका हुन् भने आमा चाहिं हिन्दु परिवारकी हुन् । आज सलमानले आफ्नो जन्मदिनको अवसर पारेर उनले आफ्नो घरमा विषेश कार्यक्रमको आयोजना गरेका छन् ।
उनको जन्मदिनको अवसरमा विहानै देखी उनको घरमा बलिउडका चर्चित कलाकारहरुको आगमन हुँदै गएको छ । आज साँझ हुने सलमानको जन्मदिनको विषेश कार्यक्रममा बलिउडका चर्चित हस्तीहरुको उपस्थिति रहने छ । आजबाट ५२ बर्षमा पुगेका अविवाहित सलमान खान बलिउडका सबैभन्दा धनी कलाकारको रुपमा समेत चुनिएका छन् ।
उनी सम्पन्न परिवारमा जन्मेर बलिउड छिरेका होइनन् । उनले आफ्ना लागि आफैं संघर्ष गरेका हुन् । शुक्रवारबाट प्रदर्शनमा आएको उनी अभिनीत चलचित्र ‘टाइगर जिन्दा हे’ले रेकर्डतोड कलेक्सन गरिरहेको छ । यो चलचित्रसहित अहिलेसम्म १२ वटा लगातार १०० करोड बक्स अफिस हिट चलचित्र दिएका सलमान खानलाई चाइनिज खाना एकदमै मन पर्छ ।