अष्ट्रेलियामा बसोबास गरिरहेका गायक प्रदीप रानाभाटको शब्द, संगीत तथा स्वरको ‘प्रेममा परेछु…’ शीर्षकको रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अष्ट्रेलियामै निर्माण भएको उक्त भिडियोलाई रोमान्टिक शैलीमा बनाइएको छ ।
मोर्डन लभ सङ भनिएको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन् । सुरेन अष्ट्रेलियामा सुरेन्स फोटोग्रँफीको नामले स्थापित छन् । रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।
भिडियोमा गायक प्रदीप रानाभाट तथा सपना रानाभाटले अभिनय गरेका छन् । सपनाको यो पहिलो म्युजिक भिडियो हो । टेक बयलकोटीद्वारा छायांकन तथा सम्पादन गरिएको उक्त भिडियोको कलर करेक्सन भने काठमाडौंमा गरिएको हो ।
भिडियो :-