श्रीकृष्णको जन्मदिनमा श्वेता भन्छिन्, ‘तिमीसँग लामो यात्रा गर्ने मन थियो’ (भिडियो)



२०२७ पुष १४ गते जन्मिएका स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको आज ‘ह्याप्पी बर्थ डे’ । २०७१ साउन २५ गते हाडको क्यान्सरका कारण भारतमा निधन भएका नायक श्रेष्ठको जन्मदिनमा उनकी श्रीमती तथा अभिनेत्री श्वेता खड्काले समाज सेवा गर्दै आएकी छिन् ।

श्रीकृष्णको जन्मदिनको अवसर पारेर अभिनेत्री श्वेताले युट्युबमा एक भिडियो अपलोड गरेकी छिन्, जहाँ उनले आफ्नो स्वर्गीय श्रीमानलाई भावुक श्रद्धाञ्जली दिएकी छिन् । उनले भिडियोमा भनेकी छिन्, ‘म तिम्रो कला यात्रामा हिँडेका पैतालाका डाबहरु पछ्याउँदै हिँडिरहेकी छु । तिम्रो आर्शिवादले सबैको साथ र माया पाएकी छु । फेरि नयाँ जीवन पाएकी छु ।’

श्रीकृष्णसँग श्वेताले २०७१ साल असार २३ गते लगनगाँठो कसेकी थिइन् । यी दुईले ‘कहाँ भेटिएला’ र ‘कोहिनूर’ चलचित्र एकसाथ गरेका थिए । ‘कोहिनूर’पछि श्वेताले कमब्याक गरेको चलचित्र ‘कान्छी’ फागुन ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu