एलिनाको ‘मुटुको ढुकढुकी’मा सोहम (भिडियो)



चर्चित गीतकार नृप्रेश उप्रेतीको शब्दमा तयार भएको गीत ‘मुटुको ढुकढुकी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । शान्तिम कोइराला र सपना रानी जोशीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

भिडियोमा सोहम भेटवाल र एलिना रायमाझीले अभिनय गरेका छन् । दामन, कुलेखानीलगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई सोम कुस्कुमाझीले निर्देशन गरेका हुन् ।

यसअघि सुरु भएको छ बोलको गीतमा नायिका नीता ढुंगानासंग अभिनय गरेर चर्चामा आएका सोहमले अभिनय गरेको पहिलो चलचित्र ‘शिवम’ प्रर्दशनको तयारीमा छ । अर्जुन सापकोटाले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu