बलिउडका चर्चित निर्देशक सुभास घई नेपालमा



बलिउडका चर्चित निर्देशक तथा निर्माता सुभास घई आफ्नो टिमसहित शनिवार नेपाल आएका छन् । काठमाडौंको मैतिदेवीमा अवस्थित कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लीङ्ग उड इन्टरनेशनलको संयुक्त आयोजनामा हुन लागेको चलचित्र सम्बन्धी सेमिनारका लागि उनी नेपाल आएका हुन् ।

घईले निर्माण गरेको चलचित्र ‘सौदागर’ बाट सन् १९९१ मा नेपाली चेली मनिषा कोइरालाले बलिउडमा डेब्यू गरेकी थिइन् । उनी ‘हिरो’, ‘मेरी जंग’, ‘कर्मा’, ‘राम लखन’, ‘खलनायक’, ‘परदेश’ जस्ता चलचित्रका निर्देशक हुन् । ‘तक्कारी’ र ‘अराधना’ चलचित्रमा उनले छोटो भूमिका समेत निर्वाहा गरेका छन् ।


लेखक अन्जुम राजाबली पनि घईको टिमसँगै नेपाल आएका छन् । २० जेठमा काठमाडौंको होटल अन्नपूर्णमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म हुने उक्त वर्कशपमा नेपाली फिल्म, फेसनलगायतका विषयमा घई र अन्जुमले आफ्नो अनुभव साट्नेछन् । कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले उक्त कार्यशाला चलचित्रमा आफ्नो भविष्य खोज्दै गरेका जो-कोहिँका लागि ठूलो अवसर रहेको बताए ।

कार्यशाला मिडिया नलेज, स्कृप्ट राईटिङ्ग, मोवाईल चलचित्र मेकिङ्ग र फेसन डिजाइनमा केन्द्रित हुने बताइएको छ । उक्त वर्कशपमा निर्देशक घईसँगै अन्य विधाका विज्ञहरु स्कृप्ट राईटर अन्जुम राजाबली, फेसन डिजाईनर निशा चन्दा, चलचित्र मेकर रविया नाज्की तथा मुक्ता आर्टस्का मेनेजिङ डिरेक्टर राहुल पुरी र नेपालबाट दिनेश डिसी सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu