अभिनेत्री द्वय प्रियंका कार्कीले वेब सिरिज निर्माण र निर्देशनमा हात हालेकी छन् । अचेल शहरिया युवापुस्तामा वेब सिरिजको राम्रो क्रेज भएका कारण प्रियंकाले ‘जस्ट एनदर लभस्टोरी’ नामक वेब सिरिजको निर्माण र निर्देशन गर्न लागेकी हुन् । सिरिजले समलिंगी प्रेमको कथा भन्छ ।
प्रियंकाले आफ्नै कम्पनी पिंकलेबल पिक्चर्सबाट यसको निर्माण गर्न लागेकी हुन् । यस सिरिजको पहिलो एपिसोड आगामी गाइजात्रको छेकोमा १६ अगस्टमा सार्वजनिक हुनेछ । १५ देखि १८ मिनेटसम्मका आठवटा एपिसोड सुरुमा निर्माण गर्ने प्रियंकाको लक्ष्य छ । वेब सिरिजमा उनी र अभिनेत्री सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहनेछ ।
समलिंगी मुद्दालाई सम्बोधन गर्ने उद्देश्यले सिरिज निर्माण गर्न लागेको प्रियंका बताउँछिन् । उनले वेब सिरिजको घोषणासँगै पोस्टर पनि सार्वजनिक गरेकी छन् । उनी भन्छिन्, ‘हामीले प्रेमलाई परिभाषित गर्न खोजेका छौं । अनि दुई जनाको प्रेमलाई कसरी प्रस्तुत गर्ने भन्ने प्रयास गरेका छौ,’ सृष्टि भन्छिन् ।