परमिताले तेलुगू चलचित्र गर्दै, हिरो गोपीचन्द



चलचित्र ‘चपली हाइट २’ मा बोल्ड सिन दिएर चर्चामा आएकी अभिनेत्री परमिता आरएल राणाले पहिलो पटक तेलुगू फिल्ममा अभिनय गर्ने भएकी छन् । तेलुगू चलचित्रका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने बेनामे चलचित्रमा उनी लिड अभिनेत्रीको रुपमा रहेकी छन् । गोपीचन्दसँग चलचित्रमा उनको जोडी बाँधिएको छ ।

पछिल्लो रिलिज चलचित्र ‘चंगाचेट’ पछि पर्दामा देखिएकी उनको पहिलो तेलुगू चलचित्रको शुक्रबार हैदरवादको एक मन्दिरमा शुभमुहूर्त गरिएको छ । बिनु सुब्रह्मण्यमले चलचित्रको निर्देशन गर्नेछन् । यही चलचित्रबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । निकै ठूलो बजेटमा निर्माण हुने बताइएको चलचित्रलाई विभिएसएन प्रसादले निर्माण गर्दैछन् ।

पहिलो तेलुगू चलचित्रलाई लिएर आफू निकै उत्साहित रहेको अभिनेत्री परमिताले बताएकी छन् । ‘टलीवुडका सुपरस्टार गोपी चन्दसँग प्रतिष्ठित एसवीसीसी फिल्म ब्यानरबाट मेरो पहिलो तेलुगू चलचित्रमा समान पर्दा साझेदारी गर्न पाउँदा आफूलाई सम्मानित महशुस गरेकी छु’, उनले गोपीचन्दसँग चलचित्रको मुहूर्तको तस्वीर फेसबुकमा साझेदार गर्दै लेखेकी छन् ।

तेलुगू चलचित्रमा काम गर्ने अवसर पाउँदा आफूले गर्व महशुस गरेको उनले बताएकी छन् । अर्को वर्षको जूनबाट यो चलचित्रको नियमित छायांकन सुरु हुनेछ । एक्सन-थ्रिलर जनरामा निर्माण हुने चलचित्रमा मणि शर्माले संगीत भर्नेछन् । नेपाली चलचित्रमा आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न संघर्षरत परमिताको नयाँ चलचित्र ‘द कर्मा’ प्रदर्शनको पखाईमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu