टुंगियो नागा र समान्थाको वैवाहिक सम्बन्ध



केही समयदेखि मिडियामा साउथ सुपरस्टार नागा चैतन्य र उनकी श्रीमती तथा साउथ अभिनेत्री समान्था अक्किनैनीबीच डिभोर्स हुन लागेको खबर आइरहेको छ । यस्तैमा समान्थाले श्रीमान नागासँगको बैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेकी छन् । शनिवार एक आधिकारिक बयान जारी गर्दै उनले प्रशंसक र मिडियाकर्मीसँग यो विषयमा प्राइभेसी दिन पनि आग्रह गरेकी छन् ।

उनले इन्स्टामा लेखेकी छन्, ‘हाम्रा सबै शुभचिन्तकका लागि कयौं विचार विमर्शपछि म र चाई (नागा चैतन्य) ले पति-पत्नीको रुपमा अलग हुने निर्णय गरेका छौं । हामी भाग्यशाली छौं कि एक दशकभन्दा लामो मित्रता हाम्रो सम्बन्धको मुल हिस्सा थियो र हामीलाई विश्वास छ कि हामीबीच सधैं एक विशेष सम्बन्ध रहनेछ ।’ नागासँग उनको गएको चार वर्ष अगाडि विवाह भएको थियो ।

लामो समयदेखि उनीहरुको सम्बन्ध राम्रो नभएको खबर आइरहे पनि नागा र समान्थाले मौनता साँधेर बसेका थिए । डिभोर्सपछि जीवन चलाउन नागाको तर्फबाट समान्थालाई ५० करोड मिल्नेछ । उनीहरुले २०१७ अक्टूबर ६ मा १० करोड खर्च गरेर गोवामा विवाह गरेका थिए । सामन्था र नागाको पहिलो भेट सन् २००९ मा रिलिज भएको चलचित्र ‘ये माया चेसावे’ को सेटमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu