सिफलमा कुमारी बैंकको नयाँ शाखा



काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौंको सिफलमा औपचारिक रुपमा नयाँ शाखा संचालनमा ल्याएको छ । हालसम्म बागमती प्रदेशमा मात्र कुमारी बैंकका ८४ शाखाहरु पुगेका छन् ।

नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

बैंकले विगत २० वर्ष देखी आफ्ना देशव्यापी १९६ शाखा संजाल, १७३ एटिएम, १४ विस्तारित काउन्टर लगायत ३३ शाखारहित बैंकिंग इकाईहरु मार्फत अत्याधुनिक बैंकिंग सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu