साउथ चलचित्र ‘थिरिमाली’ को गीतमा स्वस्तिमाको नृत्य



नेपाली कलाकारहरुले अभिनय गरेको मलयालम भाषाको चलचित्र ‘थिरिमाली’ को आइटम गीत सार्वजनिक भएको छ । ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतको भिडियोमा नेपाली अभिनेत्री स्वस्तिमा खड्काले कम्मर मर्काएकी छन् । भिडियोमा उनलाई बोल्ड अवतारमा देख्न सकिन्छ । डान्सिङ थिमको गीतको भिडियोमा उनले आकर्षक नृत्य प्रस्तुत गरेकी छन् ।

मलयालम भाषामा चलचित्र निर्माण भए पनि गीत भने हिन्दी भाषामा छ । भारतकी चर्चित गायिका सुनिधि चौहानको स्वर रहेको गीतमा बिजीपालको संगीत र तनिष्क नब्बरको शब्द छ । गीतको छायांकन काठमाडौंको दरवार स्क्वायर क्षेत्रमा भएको पृष्ठभूमिमा देखिने दृश्यहरुले बुझाउँछ । चलचित्रको कथालाई पनि जोडिएको गीतमा स्वस्तिमासँगै कोरस डान्सरमा नेपाली युवतीहरु देखिएका छन् ।

राजीव शेठ्ठीको निर्देशनमा तयार भएको ‘थिरिमाली’ लाई नेपालमा पोखरा, काठमाडौं, लुक्ला लगायतका रमणीय स्थानमा खिचिएको छ । केही दिनअघि चलचित्रको सार्वजनिक ट्रेलरमा नेपालका दृश्यहरुलाई पर्याप्त स्थान दिइएको थियो । चलचित्रमा नेपाली कलाकार माओत्से गुरुङ र उमेश तामाङको पनि अभिनय रहेको छ ।

हिन्दी, मलयालम, कन्‍नड, तमिल र तेलूगू भाषामा रिलिज हुने चलचित्रमा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरीश कणरण, अन्ना राजनको मुख्य भूमिका छ । चलचित्रलाई फजल अलीले खिचेका हुन् । एस के लरेन्स र रानी लरेन्स निर्माता रहेको चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu