वृत्तचित्रलाई पहिलो पटक ‘राष्ट्रिय चलचित्र पुरस्कार’



काठमाडौं। चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार पहिलो पटक नेपाली वृत्तचित्र फिल्मलाई प्रदान गरेको छ । गैर-काल्पनिक चलचित्र विधाका लागि वृत्तचित्र ‘निजामतीः अण्डर फायर’ले विशेष वृत्तचित्र र सर्वोत्कृष्ट सम्पादनको पुरस्कार प्राप्त गरेको हो ।

यसअघि नेपाली आख्यान चलचित्र तथा कथानक चलचित्रलार्इ मात्र यो पुरस्कार प्रदान गरिँदै आएको थियो । सोमबार शितल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार -२०७१ समारोहमा विजेताहरूलाई राष्ट्रपति डा. रामवरण यादवद्वारा पुरस्कार, प्रमाण पत्र तथा ट्रफी प्रदान गरिएको थियो ।

National Film Award

वृत्तचित्र ‘निजामतीः अण्डर फायर’ले नेपालको निजामती प्रशासनको इतिहास र राष्ट्र सेवक कर्मचारीहरुको योगदान र संघर्षको कथा बोकेको छ । विशेषगरी, वृत्तचित्रमा नेपालको तराईको कथा समावेश छ जहाँ नागरिकले देशले प्रदान गर्ने सेवा पाउन समस्या भोगिरहेका छन् र विभिन्न गैर-राजनैतिक समूहहरुबाट निजामती कर्मचारीहरुलाई धम्की दिने, फिरौती असुल गर्ने र हत्या गर्ने हर्कतहरू भएका छन् । मनोज पण्डित र
रामहरी कोइरालाद्वारा निर्देशित ‘निजामतीः अण्डर फायर’ का सम्पादक लव प्याकुरेल हुन् । यस वृत्तचित्रबाट प्याकुरेलले सर्वोत्कृष्ट वृत्तचित्र सम्पादक पुरस्कार प्राप्त गरेका थिए ।

पुरस्कार समारोहमा यस वृत्तचित्रलाई सार्वजनिक प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu