के बिहे गर्दैछन् विजय र रश्मिका ?



दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दनाको जोडी दर्शकको फेभरेट बनेको छ । दुई चलचित्र ‘गीता गोविन्दम र डियर कमरेड’ मा एकसाथ काम गरेपछि उनीहरु प्रेम रहेको चर्चा चलेको थियो । यतिबेला उनीहरू बिहे गर्ने तयारीमा रहेको चर्चाले भारतीय मिडिया गर्माएको छ ।

तर, अहिलेसम्म विजय र रश्मिकाले प्रेम सम्बन्ध नै स्वीकार गरेका छैनन् । विवाहको चर्चाबारे पनि दुवैले मौनता साँधेर बसेका छन् । भारतीय मिडियाका अनुसार, अहिले दुवै मुम्बईमा छन् । केही समयअघि इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा रश्मिकाले बिहेका लागि अझै आफ्नो उमेर नपुगेको बताएकी थिइन् ।

त्यस्तै, विजयले पनि एक अन्तर्वार्तामा बिहे अगाडि आफू परिपक्व हुन आवश्यक रहेको बताएका थिए । उनले भनेका थिए, ‘जब समय आउँछ तब म बिहे गर्छु नै। तर त्यसअघि म मानसिक रूपमा परिपक्व हुन जरूरी छ ।’ यतिबेला विजय नयाँ चलचित्र ‘लाइगर’ को सुटिङमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu