कन्‍नड चलचित्र ‘७७७ चार्ली’को नेपालमा प्रिमियर हुँदै



पछिल्लो समय नेपालमा साउथ चलचित्रको प्रभाव बढ्दो छ । एकपछि अर्को साउथ चलचित्रले नेपालमा ठूलो कमाई गरिरहेका छन् । यसैक्रममा, आगामी शुक्रवारबाट प्रदर्शनमा आउन लागेको कन्‍नड चलचित्र ‘७७७ चार्ली’को पनि नेपालमा प्रतिक्षा भइरहेको छ । ट्रेलरबाटै ठूलो आश गरिएको यो चलचित्रको नेपालमा प्रिमियर हुने भएको छ । बिहीवार चलचित्रको काठमाडौंमा प्रिमियर गर्न लागिएको हो ।

777 Charlie trailer: Rakshit Shetty promises a memorable feel-good movie |  Entertainment News,The Indian Express

बिहीबार काठमाडौंको एक मल्टिप्लेक्समा चलचित्रको प्रिमियर हुने वितरक मनोज राठीले जानकारी दिए । पछिल्लो समय उनले साउथका ठूला चलचित्रहरु नेपाल भित्राइरहेका छन् । उनले नेपाल ल्याएको ‘आरआरआर’ र ‘केजीएफ २’ले आक्रामक कमाई गरेका थिए । उनको कम्पनीले वितरण गरेको नेपाली चलचित्र ‘कबड्डी ४’ले पनि अहिले रेकर्डतोड कमाई गरिरहेको छ ।

रक्षित शेट्टी, संगीता श्रृंगेरी र राजवी सेट्टीको मुख्य भूमिका रहेको यो चलचित्र हिन्दी, कन्नड़, तमिल, तेलुगू र मलयालम भाषामा एकसाथ प्रदर्शनमा आउँदैछ । किरण राज निर्देशित चलचित्रको कथा धर्म (रक्षित) र चार्ली नामको उसको कुकुरको वरिपरी घुमेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu