काठमाडौँ । समय सान्दर्भिक कथाबस्तुमा निर्माण गरिएको शर्ट चलचित्र ‘समय र सम्बन्ध’ सार्वजनिक गरिएको छ । १२ मिनेट लामो चलचित्रले समय दिन नसक्दा सम्बन्धमा आएको समस्यालाई प्रस्तुत गरेको छ ।

उत्तम अधिकारीले निर्देशन गरेको चलचित्रको कथा संचारकर्मी रघुनाथ सापकोटाले लेखेका हुन् भने पटकथा संवाद सुजन खतिवडाले लेखेका हुन् । बिनोद सापकोटाले छायांकन गरेको चलचित्रमा नहकुल खड्काको सम्पादन रहेको छ।
सेलिब्रेटी नेपालले निर्माण गरेको चलचित्रमा सुरज अधिकारी,स्मृति बस्नेत र साहारा कोइरालाको अभिनय रहेको छ । चलचित्र डिएआर मुभिजको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।