दुखित परिवारलाई छोडेर युरोप जाँदै झरना



jharana-thapaश्यामसुन्दर गिरी, काठमाण्डौ। अभिनेत्री झरना थापा आफ्नो दुखित परिवारलाई छोडेर दशैँ र तिहारको कार्यक्रमका लागि युरोप निस्कदै छिन । उनी आगामी असोज २५ गते अर्थात बडा दशैँको फूलपातीको दिन युरोप उड्दै छिन । अभिनेत्री थापाले सो समयमा युरोपका बेल्जियम,जर्मन,फ्रान्स लगायतका केही शहरहरुमा आफ्नो प्रस्तुती दिने भएकी छिन ।

हिन्दूहरुको महान चाड बडा दशैको पूर्व सन्ध्यामा सबैको घरमा खुशीयाली छउन सुरु गरीसकेको छ तर अभिनेत्री झरना थापा तथा निर्माता सुनिल थापाको घरमा भने यसपटक दशैको कुनै रौनक छैन । थापा पारीवार गत ३ महिना अघीदेखी नै दुखित बनेको छ । अभिनेत्री झरना थापाकी साशु आमा तथा निर्माता सुनिल थापाको आमा भारतको तीर्थ यात्राका क्रममा भारतमा आएको बाढीमा परी सम्पर्क बिहिन भए देखीनै थापा परिवारको खुशी हराएको हो ।

आफ्नी सासु सकुसल हुने आशा र विश्वाश मनमा साचेर दिन गन्दै बस्न वाध्य थापा परिवारमा एक किसिमको सन्त्रास पनि नछाएको होइन । तथापी यस्तो दुखित समयमा बुहारी अर्थात अभिनेत्री झरना थापालाई पैसा नै सबै भन्दा प्यारो भएको छ । थापा कार्यक्रमका लागि २ महिने लामो युरोप यात्रामा निस्कँदै छिन । अन्तराष्ट्रिय कलाकार  मंच यूरोप को आयोजनामा हुने नेपाली साँझ अर्थात नेपलिज नाइट कार्यक्रम तथा आधा दर्जन शहरमा दशै र तिहारको अबसरमा विविध साँस्कृतिक कार्यक्रमको लागि झरना त्यता लाग्ने भएकी हुन् ।

कार्यक्रम सके लगत्तै थापा मलेसियामा हुने छैठौँ नेफ्टा अवार्डमा सहभागी हुन युरोप बाट मलेसिया जाने छिन । युरोप यात्राको तयारीमा रहेकी झरनाले सासु आमाको खबर नआएकोमा दुःख व्यक्त गरेकी छिन्  तर उनी यस्तो अवस्थामा पनि पैसा कमाउन कै लागि विदेशी कार्यक्रम किन ताक्दै छिन भन्ने कुरा उनैले बुझुन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu