सनीको लिलाले मच्चायो बबाल (भिडियो)



leela

पूर्व पोर्न स्टार सन्नी लियोन अभिनित चलचित्र ‘एक पहेली लीला’को उत्तेजक दृश्यले यति बेला बलिउड हल्लाएको छ । जसमा सन्नी लियोनलार्इ दुधले नुवाउँदै गरेको देखी अर्धनग्न अबस्थामा रोमान्स गरिरहेको देख्न सकिन्छ । फिल्ममा उनले महारानीको भूमिका निर्वाह गरेको भए पनि उनको अभिनय निकै कामुक छ ।

बवी खानले निर्देशन गरेको यो चलचित्र अप्रिल १० मा रिलिज हुने बताइएको छ । फिल्ममा अभिनेता जय भानुसाली, रजनीश दुग्गल र राहुल देव मुख्य भूमिकामा देखिएका छन् । पूर्वपोर्नस्टार भएका कारण लीलामा सनीले कुनैपनि असहज महशुस विनानै दुनियाँ हल्लाउने रोमान्स गरेकी छिन् । उनले ‘एक पहेली लीला’ मा गरेको उत्तेजक दृश्यले उनी विवादमा पर्ने पक्का भएको छ ।

पोर्न मुभीमा काम गर्दै आएकी सन्नी लियोनी पूजा भट्टले बनाएको ‘जिस्म २’ फिल्मबाट बलिउड प्रवेश गरेकी हुन् । उनले निकै हट सिन दिएको ज्याकपट र रागनी एमएमएसले बलिउडमा निकै चर्चा कमाएको थियो । लियोनीको नयाँ लिलाले बजारमा कस्तो लिला मच्चाउने हो त्यो भने हेर्न बाँकी छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu