चलचित्र नबन्दै ‘मारिना’को पोष्टर रिलिज



Marina-poster

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कलाकार तथा संचारकर्मी श्याम अर्यालको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्र ‘मारिना’को पोष्टर रिलिज भएको छ । सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको चलचित्र ‘मारिना’को सार्वजनिक पोष्टरमा डोरीले बाधिएका दुई हात देखाइएको छ ।

फिल्मको पोष्टर हेर्दा ‘मारिना’ हरर फिल्म हुन सक्ने अनुमान लगाइएको छ । रतन थापाको लगानी र राजेश थापाको सह लगानी रहने चलचित्रलाई अनुप गिरीले निर्देशन गर्नेछन् । कलाकार तथा संचारकर्मी श्याम अर्यालका अनुसार चलचित्रको कलाकार हाल पक्का भइनसकेको जानकारी दिँदै अब चाँडै नै चलचित्रका लागी कलाकारहरुपनि पक्का हुने बताए ।

केहि दिन भित्र काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरि चलचित्र निर्माणको औपचारिक घोषणा समेत गरिने अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu