दर्शकले रुचाए ‘अझै पनि’ | वर्ड अफ माउथले काम गर्ने संकेत



Ajhai-Pani-Released

ठुलोपर्दा डटकम ।
शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘अझै पनि’ले सुखद संकेत दिएको छ । प्रिमियरमा रुचाईएको यो चलचित्रलाई हलमा आउने दर्शकले पनि प्रशंसा गरेका छन् ।

लामो समयपछि एउटा राम्रो र विशुद्द नेपाली चलचित्र हेर्न पाएको भन्दै स्व. निर्देशक आलोक नेम्बाङ्लाई दर्शकले सम्झिएका छन् । ‘अझै पनि’ जस्तै चलचित्र नेपालमा आवश्यकता रहेको बताउँदै दर्शकले साथिभाई तथा आफन्तलाई चलचित्र हेर्न अनुरोध गर्ने बताएका छन् । २ घण्टा १७ मिनेट लामो चलचित्र हेर्दा कुनै पनि समयमा असहज महशुस नभएको भन्दै नयाँ कलाकारको तारिफ गरेका छन् ।

‘अझै पनि’ देशभरका ४९ हलमा एकसाथ प्रदर्शनमा आएको छ । राजधानीमा मात्र प्रमुख हलसहित १९ हलमा चलिरहेको यो चलचित्रले इनिशियल भन्दा पनि ‘वर्ड अफ माउथ’ले विस्तारै व्यापार बढ्ने वितरक कम्पनीहरुले जनाएका छन् । चलचित्रकी निर्माता पुनम गौतमले आफुलाई बधाईको ओईरो आएको बताईन् । पहिलोपटक चलचित्रमा लगानी गरेकी उनले आफुले गरेको कामको सहि मुल्यांकन भएकोमा आफु गद्गद् भएको बताईन् ।

चलचित्रको काम पोस्टमा रहेकै बेला निर्देशक आलोकले धर्ती छाडेका थिए । करिव आठ सय म्यूजिक भिडियो र दुई चलचित्रहरु ‘सानो संसार’ र ‘कोहि मेरो’ निर्देशन गरेका आलोकले तेश्रो तथा महत्वाकांक्षी चलचित्र ‘अझै पनि’ निर्देशन गरेका थिए । यो चलचित्र नै उनको अन्तिम चलचित्र बन्न पुग्यो ।

‘अझै पनि’मा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, विजय लामा, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, बिपना धिमाल, मिथिला शर्मा, रामशरण पाठक लगाएतका कलाकारहरुको अभिनय रहेको छ । प्रितम पाण्डेको सम्पादन, राजेश श्रेष्ठको छायांकन, महेश खड्का, हरि लम्साल, सचिन सिंह र राजनराज सिवाकोटीको संगीत रहेको यो‍‍ चलचित्र पुनम इन्टरटेन्मेण्ट र सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu