नायिकाको ड्रेस नक्कली हिराको भएपछि चोरले गर्‍यो फिर्ता



lupita-dress-thuloparda-dot-com

आइतबार भएको ओस्कार अवार्डमा अभिनेत्री लुपिटा न्योंगले लगाएको ड्रेस चोरेका व्यक्तिले ड्रेस फिर्ता गरेका छन् । झन्डै ६ हजार दाना सेतो मोती जडित बहुमूल्य कपडाको मूल्य १ लाख ५० हजार अमेरिकी डलर रहेको बताइएको थियो ।

ड्रेसमा सक्कली हिरा जोडिएको ठानेर ड्रेस चोरी गरिएको भएता पनि अन्तिममा उक्त ड्रेसमा नक्कली हिरा रहेको र चोरले उक्त ड्रेस फिर्ता गरेको स्रोतले बताएको छ । लुपिटा न्योंगले लगाएको उक्त बहुमुल्य ड्रेस हलिउडको होटल लण्डनको कोठाबाट चोरी भएको थियो । उनले बजारमा लिएर लुगामा रहेको हिरा परिक्षण गर्दा नक्कली भएको पाइएकाले ड्रेस फिर्ता गरिदिएको बताएका छन् ।

विश्व प्रसिद्ध फ्रान्सिस्को ‘कोस्टा ड्रेस’को ‘केल्भिन क्लिन ब्रान्ड’ले उक्त पहिरन तयार पारेको थियो । गत वर्ष फिल्म टुवेल्भ इअर अफ स्लेभबाट ओस्कार पाएकी लुपिटाले यो वर्ष ओस्कारको सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu