स्वाईन फ्लु भएकी सोनम घर फर्किइन्



Sonam-Kapoor-thuloparda-dot-com

स्वाईन फ्लु भएको पुष्टी भएपछि एक अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी बलिउड अभिनेत्री सोनम कपूर घर फर्किएकी छिन् । मुम्बईको एक निजी अस्पतालमा भर्ना भएकी कपुरले अस्पतालबाट डिर्स्चाज भएपछिको खुसी ट्विटर मार्फत मा बाँडेकी छन् ।

गुजरातमा फिल्म ‘प्रेम रतन धान पाओ’को सुटिङको क्रममा कपुरलाई स्वाइनफ्लुको लागेको थियो । उनलाई हप्तादिन अघि अस्पताल भर्ना गरिएको थियो । चलचित्र शुटिङकै क्रममा ज्यादै थकान महशुस भएपछि स्थानिय अस्पतालमा चेकजाँच गर्दा स्वाईन फ्लु भएको पाईएको थियो । सोनाम सँगै चलचित्र शुटिङमा रहेका नायक सलमान खानलाई पनि स्वाईन फ्लुको लक्षण देखिए पनि उनलाई भने स्वाईन फ्लु नभएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

भारतका कैयौँ राज्यहरु स्वाईन फ्लुको चपेटामा परेका छन् । देशभर स्वाईन फ्लुको कारण एक हजार बढीको मृत्यू भईसकेको छ । गुजरातमा पनि जनावरी यता २५६ जनाको मृत्यू भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu