राजेश हमालसँग नन्दिता, बिवेक र हिमालको नयाँ बर्ष फिनल्याण्डमा



new-year-finland-rajesh-hamalठुलोपर्दा डटकम, काठमाण्डौ ।
नयाँ बर्ष २०७२ को अवसर पारेर गैरआवासीय नेपाली संघ फिनल्याण्डले आयोजना गर्न लागेको साँस्कृतिक कार्यक्रममा नायक राजेश हमाल फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा जाने भएका छन् । अप्रिल १८ तारिखमा हेल्सिन्कीस्थित ग्लोरिया हलमा आयोजना गर्न लागिएको कार्यक्रममा हमालसँग नायिका नन्दिता केसी, गायक बिबेक श्रेष्ठ र हिमाल सागर पनि उक्त कार्यक्रममा सहभागी हुने छन् ।

फिनल्याण्डका बिभिन्न विश्वबिद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययन गरिरहेका सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान प्रदान गरिने कार्यक्रम समेत रहेको आयोजक संस्थाले जानकारी दिएको छ । उक्त कार्यक्रम सम्पन्न भएपछि नायक हमाल सहित नन्दिता केसी, गायक बिबेक श्रेष्ठ र हिमाल सागर यात्रा फाउन्डेसनले गर्न लागेको कल्चरल टुरमा उनीहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu