रक्सीले बेहोस बनेका नायक पक्राउ



Nicholas-arrestedहलिउड अभिनेता निकोलस बेन्ड्रनलाई फ्लोरिडा प्रहरीले गिरफ्तार गरेको छ। ‘बफ्फी द भ्याम्पायर स्लेयर’ फिल्मबाट चर्चित बनेका निकोलसलाई नशालु पदार्थ र मदिरा सेवन गरिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पप संस्कृति सम्मेलन एएलटिसी कार्नमा सहभागी हुन फ्लोरिडा गएका निकोलसलाई सोहि ठाँउबाट प्रहरीले गिरफ्तार गरेको हो । ‘टिएम जेड डटकम’ले जनाए अनुसार उनी आफैले आफू बसेको होटलमा आफ्नो पर्स हराएको जानकारी दिँदै प्रहरीलाई बोलाएका थिए । घटनास्थलमा पुलिस पुग्दा उनी बेहोसी हालतमा थिए र उनले हराएको भनिएको पर्स उनी आफैले ड्रेसरमा राखेको अवश्थामा भेट्टिएको थियो ।

होटल कर्मचारीका अनुसार निकोलसले दिउसै नशालु पदार्थ र मदिरा सेवन गरेका थिए । उनी यस अघि पनि फेब्रुवरीमामा मदिरा सेवन मामलामा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu